९० हजार मेट्रिक टन गहुँ आयात गर्न ५८ व्यापार कम्पनी–फर्महरूलाई कम्पनीको आवेदन - Chaitanya News
  • 2026-06-30
  • 18:30:21
  • मंगलबार,आषाढ १६, २०८३
  • ९० हजार मेट्रिक टन गहुँ आयात गर्न ५८ व्यापार कम्पनी–फर्महरूलाई कम्पनीको आवेदन

    ९० हजार मेट्रिक टन गहुँ आयात गर्न ५८ व्यापार कम्पनी–फर्महरूलाई कम्पनीको आवेदन

    काठमाडौँ– ९० हजार मेट्रिक टन गहुँ आयातका लागि ५८ कम्पनीले व्यापार कम्पनी–फर्महरूलाई आवेदन दिएका छन्। भारतले दिने कोटा बापतको ९० हजार मेट्रिक टन गहुँ आयातका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले माघ १४ गते आवेदन माग गरेको थियो।

    सोहीअनुसार गहुँ आयातका लागि ५८ कम्पनीले उक्त गहुँ आयातका लागि आवेदन दिएका हुन्। विभागका अनुसार प्रत्येक कम्पनीले न्यूनतम १०० मेट्रिक टन देखि १० हजार मेट्रिक टन परिमाण गहुँ आयात गर्न पाउने विभागले जनाएको छ। साथै उक्त गहुँ आयातका लागि इच्छुक फर्मरकम्पनीको चुक्ता पुँजी कम्तीमा एक करोड हुनुपर्ने उल्लेख गरेको विभागले जनाएको छ।

    आयात गर्न इच्छुक फर्मरकम्पनीले आयातका लागि नेशनल को–अपरेटिभ एक्सपोर्ट लिमिटेड (एनसीइएल)लाई शत प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने हुँदा वित्तीय श्रोतको सुनिश्चितता भएको हुनुपर्ने र कोटा प्राप्त भएको मितिले ३ (तीन) महिनाभित्र आयात गरी सक्नुपर्ने विभागले जनाएको छ।

    सरकारले २ लाख मेट्रिक टन गहुँ आयात गर्ने प्रक्रिया अघि बढाएको छ। जसमध्ये १ लाख मेट्रिक टन गहुँ उद्योग विभाग, ९० हजार वाणिज्य विभाग र १० हजार मेट्रिक टन साल्ट ट्रेडिङलाई आयात गर्ने जिम्मा दिइएको छ। वाणिज्य विभागमार्फत आयात हुने उक्त गहुँ व्यापारिक प्रयोजनका लागि भएको जनाइएको छ।