सत्ता गठबन्धनको वैठक बस्दै, निर्वाचनको समीक्षा हुने - Chaitanya News
  • 2026-04-27
  • 23:41:12
  • सोमबार,बैशाख १४, २०८३
  • सत्ता गठबन्धनको वैठक बस्दै, निर्वाचनको समीक्षा हुने

    सत्ता गठबन्धनको वैठक बस्दै, निर्वाचनको समीक्षा हुने

    काठमाडौं –  प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न आज (१९ मंसिर) सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ ।

    हिजो आइतबार नेकपा (माओवादी केन्द्र) को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिएका थिए । बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ ।

    बैठकको समयका बारेमा भने केही बताइएको छैन । आजको वैठकमा नयाँ सरकार गठनका विषयमा समेत छलफल शुरु हुने बताइएको छ ।

    यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ ।

    त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ ।