देशभर तापक्रम घट्ने क्रममा, कस्तो रहला आजको मौसम ? - Chaitanya News
  • 2026-04-27
  • 23:42:22
  • सोमबार,बैशाख १४, २०८३
  • देशभर तापक्रम घट्ने क्रममा, कस्तो रहला आजको मौसम ?

    देशभर तापक्रम घट्ने क्रममा, कस्तो रहला आजको मौसम ?

    काठमाडौं-  नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज (सोमबार) प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

    मंगलबार पनि प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशभर तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न मौसमविदले आग्रह गरेका छन् ।