आज अन्तर्राष्ट्रिय दाल दिवस - Chaitanya News
  • 2026-06-30
  • 18:30:14
  • मंगलबार,आषाढ १६, २०८३
  • आज अन्तर्राष्ट्रिय दाल दिवस

    आज अन्तर्राष्ट्रिय दाल दिवस

    काठमाडौँ– आज अन्तर्राष्ट्रिय दाल दिवस हो, साथै आज नै अरबी चितुवा दिवस पनि परेको छ। पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मन पर्दो व्यञ्जनका रूपमा खपत हुने गरेको छ । दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउन संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो । खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने उक्त विश्व संस्थाको बुझाइ छ।

    यसैगरी, संघको महासभाले फेब्रुअरी १० लाई अन्तर्राष्ट्रिय अरबी चितुवा दिवसको रूपमा मनाउने घोषणा गरेको हो। लोपोन्मुख यो वन्यजन्तु र यसको वासस्थानको संरक्षणका साथै जैविक विविधता जोगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।

    विश्वव्यापी पारिस्थितिकीय प्रणालीलाई जोगाउने प्रयासस्वरुप यो दिवसमा अरब क्षेत्रका देश, गैरसरकारी संस्था र समुदायका साथै राष्ट्रसंघीय निकायले चेतनामूलक विविध कार्यक्रम आयोजना गर्दै आएका छन्। जोखिममा परेका जन्तुको संरक्षणमा सरोकार भएका निकायलाई प्रोत्साहन गर्नु यो दिवसको मूल उद्देश्य हो। रासस