आइतबार सुनचाँदीको मूल्य बढ्यो - Chaitanya News
  • 2026-09-23
  • 05:31:47
  • मंगलबार,आश्विन ०६, २०८३
  • आइतबार सुनचाँदीको मूल्य बढ्यो

    आइतबार सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं– आइतबार सुनचाँदीको मूल्य बढेको छ। सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो।

    नेपाल सनुचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९९ हजार रुपियाँमा कारोबार भइरहेको छ।

    त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।