आजदेखि ८ दिनसम्म राजधानीका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने (सूचनासहित) - Chaitanya News
  • 2026-06-30
  • 16:44:15
  • मंगलबार,आषाढ १६, २०८३
  • आजदेखि ८ दिनसम्म राजधानीका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने (सूचनासहित)

    आजदेखि ८ दिनसम्म राजधानीका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने (सूचनासहित)

    काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आजदेखि ८ दिनसम्म राजधानीका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जनाएको छ। प्राधिकरणले एक सूचना जारी गर्दै सो जानकारी गराएको हो।

    प्राधिकरणको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि ८ दिनसम्म विभिन्न फिडर अन्तरगतका स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको हो।

    जसअनुसार आज माघ २१ गते भत्केको पुल (चाबहिल) वरिपरिका क्षेत्र, २२ गते कलंकी मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र, २७ गते जोरपाटी फिडर अन्तरगत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्र, २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ।