‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक, (पूर्णपाठसहित) - Chaitanya News
  • 2026-06-30
  • 16:43:49
  • मंगलबार,आषाढ १६, २०८३
  • ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक, (पूर्णपाठसहित)

    ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक, (पूर्णपाठसहित)

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक गरेको छ। बैंकले आर्थिक वर्ष २०८१–८२ को छ महिनाको तथ्याङ्कमा आधारित रहेर आइतबार रिपोर्ट सार्वजनिक गरेको हो।

    जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ। यस्तै आयात ७.१ प्रतिशतले र निर्यात ३१.८ प्रतिशतले बढेको छ। यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.१ प्रतिशतलेर अमेरिकी डलरमा १.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु। २४९ अर्ब २६ करोडले बचतमा रहेको रिपोर्टमा उल्लेख छ।

    यसैगरी कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ८४ करोड पुगेको छ भने नेपाल सरकारको खर्च रु.६६७ अर्ब ६० करोड र राजस्व परिचालन रु.५५९ अर्ब ६१ करोड रहेको रिपोर्टमा उल्लेख गरिएको छ।

    यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.० प्रतिशत रहेको पनि राष्ट्र बैंकले उल्लेख छ।