६ महिनामा ३४ करोडभन्दा बढी मूल्यको लेज तथा कुर्कुरे नेपालमा आयात - Chaitanya News
  • 2026-06-30
  • 15:57:20
  • मंगलबार,आषाढ १६, २०८३
  • ६ महिनामा ३४ करोडभन्दा बढी मूल्यको लेज तथा कुर्कुरे नेपालमा आयात

    ६ महिनामा ३४ करोडभन्दा बढी मूल्यको लेज तथा कुर्कुरे नेपालमा आयात

    काठमाडौँ– चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३४ करोडभन्दा बढी मूल्यको लेज तथा कुर्कुरे नेपालमा आयात भएको छ।

    साउनदेखि पुस मसान्तसम्ममा ३४ करोड ८६ लाख ९४ हजार रुपैयाँको ६ लाख ७१ हजार १९४ किलो लेज, कुर्कुरे र कुर्मुरे आयात भएको भन्सार विभागले जनाएको छ।

    उक्त लेज तथा कुकुरे आयात हुँदा २१ करोड ८१ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

    उक्त लेज, कुर्कुरे भियतनाम, टर्की, मेक्सिको, मलेसिया, दक्षिण कोरिया, भारत लगायत ९ मुलुकबाट आयात भएको छ।

    जसमध्ये सबैभन्दा धेरै भारत, मलेसिया र दक्षिण कोरियाबाट आयात भएको तथ्याङ्कमा उल्लेख छ।