६ महिनाको अवधिमा नेपालमा १६ अर्ब बढीको स्मार्ट फोन र १८ करोड भन्दा बढीको स्मार्ट वाच आयात - Chaitanya News
  • 2026-06-30
  • 15:57:19
  • मंगलबार,आषाढ १६, २०८३
  • ६ महिनाको अवधिमा नेपालमा १६ अर्ब बढीको स्मार्ट फोन र १८ करोड भन्दा बढीको स्मार्ट वाच आयात

    ६ महिनाको अवधिमा नेपालमा १६ अर्ब बढीको स्मार्ट फोन र १८ करोड भन्दा बढीको स्मार्ट वाच आयात

    काठमाडौँ– ६ महिनाको अवधिमा नेपालमा १६ अर्बभन्दा बढीको स्मार्ट फोन र १८ करोडभन्दा बढीको स्मार्ट वाच आयात भएको छ।

    भन्सार विभागको चालु आर्थिक वर्ष २०८१–८२ को पुस मसान्तसम्मको तथ्यांकअनुसार १६ अर्ब ७१ करोड ३९ लाख ३० हजार रुपैयाँ बराबरको ११ लाख ११ हजार ५५६ थान स्मार्ट फोन आयात भएको छ। उक्त फोन आयात हुँदा ३ अर्ब ११ करोड ६८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।

    सोहि अवधिमा १८ करोड ८९ लाख ३९ हजार रुपैयाँ बराबरको १ लाख ७ हजार ७८९ थान स्मार्ट वाच आयात भएको छ। उक्त स्मार्ट वाच आयात हुँदा ५ करोड ६८ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।