सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? - Chaitanya News
  • 2026-06-30
  • 15:57:18
  • मंगलबार,आषाढ १६, २०८३
  • सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ–  आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। चाँदीको भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा उल्लेख छ।

    महासंघका अनुसार बुधबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार १०० रुपैयाँ घटेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ।

    यस्तै चाँदीको मूल्य बुधबार तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।