काठमाडौँ– आज (बुधबार) सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेर १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको हो।
अघिल्लो छापावाल सुन तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।