तीन दिन घटेपछि बढ्यो सेयर बजार, विकास बैंक समूहमा उत्साह - Chaitanya News
  • 2026-11-15
  • 17:42:02
  • आइतबार,कार्तिक ३०, २०८३
  • तीन दिन घटेपछि बढ्यो सेयर बजार, विकास बैंक समूहमा उत्साह

    तीन दिन घटेपछि बढ्यो सेयर बजार, विकास बैंक समूहमा उत्साह

    काठमाडौँ– लगातार तीन दिन घटेपछि सेयर बजार साताको तेस्रो दिन आज (मंगलबार) बढेको छ। आज नेप्से २४.५० अंकले बढेको हो। योसँगै बजार परिसूचक २६५७.७७ अंकमा पुगेको छ।

    अघिल्लो कारोबार दिनसम्म नेप्से लगातार घटेको थियो। बुधबार ५२.३६ अंकले बढेको बजार बिहीबार ११.१०, आइतबार १०.४१ र सोमबार १०.६६ अंकले घटेको थियो।

    मंगलबार बजारमा ९ अर्ब ४० करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो। बजारमा मंगलबार १७७ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

    बजारमा कारोबार भएका सबै उपसूचकको मूल्य मंगलबार बढेको छ। सबैभन्दा धेरै विकास बैंक समूहमा ४.०७ प्रतिशतले उत्साह आएको छ।

    मंगलबार बजारमा उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, त्रिस्टार हाइड्रोपावर र जानकी फाइनान्स, सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको सेयरमा पोजेटिभ सर्किट लागेको छ।

    मंगलबार बजारमा सप्तकोशी डेभलपमेन्ट बैंकको ३८ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार हुँदा सर्वाधिक कारोबार गर्ने कम्पनी बन्न सफल भयो। कारोबार संख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो।