काठमाडौँ– खानेपानी मन्त्री प्रदीप यादवले असारमा पनि मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रबन्ध मिलाइएको बताएका छन् । आज (शुक्रबार) खानेपानी तथा सरसफाइ नियमावली, २०८१ सम्बन्धी खानेपानी मन्त्रालयको प्रेस नोट सार्वजनिक गर्दै उनले मेलम्चीको पानी बाह्रै महिना काठमाडौँ ल्याइने बताए।
सो अवसरमा मन्त्री यादवले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मन्त्रालय आएर बहादुरी देखाउन खोजेको आरोप समेत लगाए।
एक गाग्रो पानीले धरान बासीलाई नपुग्ने भन्दै उनले एक वर्षभित्र धरानमा पनिको सङ्कट समाधान गर्ने गरी काम अघि बढाउने जिकिर गरे।