काठमाडौँ– यो साताभर सेयर बजार ६६ अंकले बढेको छ। गत साताको बिहीबार २५८८ बिन्दुमा पुगेर रोकिएको परिसूचक हिजो, बिहीबार २६५४ बिन्दुमा उक्लिएको छ।
यो साताभर कारोबार भएको ५ दिनमध्ये १ दिनमात्रै बजार घट्यो। हिजो बिहीबार नेप्से परिसूचक ११ अंकले घटेको छ। बुधबार बजार ५२ अंकले बढ्यो, त्यसअघि मंगलबार ५, सोमबार ६ र आइतबार १२ अंकले बढेको थियो।
यो साता नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखियो। गत बिहीबार ५ अर्ब ८८ करोडको कारोबार भएको थियो। आइतबार ६ अर्ब १२ करोड, सोमबार ६ अर्ब ४९ करोड र मंगलबार ६ अर्ब १३ करोडको रुपैयाँभन्दा बढीको कारोबार भयो।
बुधबार यो साताभरकै धेरै ८ अर्ब ७९ करोड रुपैयाँको सेयर किनबेच भयो भने हिजो बिहीबार ७ अर्ब ७३ करोडको कारोबार भएको छ।