नयाँ एआई फिचरको साथमा सामसङले ल्यायो ग्यालेक्सी एस२५ - Chaitanya News
  • 2026-06-30
  • 14:07:43
  • मंगलबार,आषाढ १६, २०८३
  • नयाँ एआई फिचरको साथमा सामसङले ल्यायो ग्यालेक्सी एस२५

    नयाँ एआई फिचरको साथमा सामसङले ल्यायो ग्यालेक्सी एस२५

    सोल– दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले आफ्नो सामसुङ ग्यालेक्सी एस२५ सिरिज आधिकारिक रूपमा लन्च गरेको छ। यस सिरिजका फोनमा कम्पनीले नयाँ एआई फिचरहरू दिएको छ।

    यसले कामलाई सहज र सरल बनाउने र प्रयोगकर्ताहरूको अनुभव थप राम्रो बनाउने बताइएको छ। फोनमा गएको वर्ष आएको ‘सर्कल टु सर्च’को अपडेटेड संस्करण दिइएको छ। यसले अब स्क्रिनमा फोन नम्बर, इमेल र यूआरएल पहिचान गर्न सक्नेछ। फोनमा गुगलको एआई प्लेटफर्म जेमिनी पनि राखिएको छ। यसमा नेचुरल कमान्डको साथमा प्रयोगकर्ताहरूलाई इभेन्टको शेड्यूल बनाउन, फोटोको साथमा विशेष लोकेशन पठाउन सक्नेछन्।

    ग्यालेक्सी एस२५ मा अडियो इरेजर पनि लन्च गरिएको छ। जसको मद्दतले प्रयोगकर्ताहरूले पृष्ठभूमिमा सुनिरहेका आवाज हटाउन सक्ने छन्। अडियो इरेजरको मद्दतले प्रयोगकर्ताहरूले भिडियोबाट हावा चलिरहेको आवाज र हल्ला खल्ला आदि हटाउन सक्नेछन्। यस सिरिजका फोनमा प्रयोगकर्ताहरूले लक स्क्रिनमा नयाँ विकल्पहरू पनि पाउनेछन्। यसको मद्दतले प्रयोगकर्ताहरूले मोबाइल लक भएको बेला पनि स्क्रिनमा महत्त्वपूर्ण अपडेट र सूचनाहरू आदि हेर्न सक्नेछन्। जसले गर्दा प्रयोगकर्ताहरूको काम प्रभावित हुने छैन। यो सुविधा विशेष गरी कामकाजीहरूका लागि उपयोगी हुनेछ।

    कम्पनीले ग्यालेक्सी एस२५ सिरिजमा तीन थरी ह्यान्डसेट लन्च गरेको छ। यसमा सामसङ ग्यालेक्सी एस२५, सामसङ ग्यालेक्सी एस२५ प्लस र सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा रहेका छन्। यस सिरिजको सुरुवाती मूल्य ८०० अमेरिकी डलर रहेको छ। यी सबै फोन सात वर्षको सफ्टवेयर अपडेटसहित आएका छन्। सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा ६ दशमलव ९ इञ्चको क्यूएचडी प्लस डायनामिक एमोलेट टूएक्स डिस्प्ले जडान गरिएको छ। यसमा १२० हर्जको रिफ्रेश रेट छ। फोनमा स्न्यापड्र्यागक ८ एलाइट चिप राखिएको छ।

    सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा क्वाड क्यामेरा सेटअप लेन्स छ। यसको प्रायमरी क्यामेरा २०० मेगापिक्सेलको छ। यसबाहेक, फोनमा ५० एमपी अल्ट्रा–वाइड लेन्स प्रदान गरिएको छ। ५० मेगापिक्सेल १०एक्स टेलिफोटो क्यामेरा र १० मेगापिक्सेल लेन्स पनि यसमा छ। एजेन्सी