सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउने गृहमन्त्री लेखकको घोषणा - Chaitanya News
  • 2026-06-30
  • 13:04:47
  • मंगलबार,आषाढ १६, २०८३
  • सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउने गृहमन्त्री लेखकको घोषणा

    सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउने गृहमन्त्री लेखकको घोषणा

    काठमाडौँ– गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको घोषणा गरेका छन् । आज (बुधबार) सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उक्त घोषणा गरेका हुन् ।

    आफू गृहमन्त्री बनेदेखि नै सुरक्षा निकायको ऐन, कानून बनाउने कार्यमा जोड दिएको बताउँदै उनले भने, ‘सशस्त्र प्रहरीका सम्पूर्ण अधिकृतदेखि जवानहरूको आवाजलाई समेटेर कानून बनाइएको छ।’

    कानुनमार्फत नै सशस्त्र प्रहरी जवानहरूले लामो समयदेखि माग राखेको १६ वर्षमा अवकाशमा जान पाउने सुविधाको व्यवस्था गरिएको उनले घोषणा गरे। ‘आज यो कुरा राख्न पाउँदा मलाई खुशीको अनुभूति भएको छ’, लेखकले भने।

    उनले सशस्त्र प्रहरीको विधेयकलाई केही दिनमै संघीय संसद्मा दर्ता गर्ने तयारी समेत बताए।