काठमाडौँ– नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको हो।
मूल्यवृद्धिसँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार रुपैयाँ कायम थियो।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर १ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।