यस्तो छ आज दिनभरिको मौसम - Chaitanya News
  • 2026-07-17
  • 05:12:09
  • बिहिबार,आषाढ ३२, २०८३
  • काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।

    महाशाखा अनुसार पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ। काठमाडौँ उपत्यका तथा तराईका केही भू–भागमा हुस्सु लागेको छ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यतया मौसम सफा रहने छ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना हुने विभागले जनाएको छ।