६ महिनामा देशको व्यापार घाटा सात खर्ब नाघ्यो - Chaitanya News
  • 2026-06-30
  • 13:05:43
  • मंगलबार,आषाढ १६, २०८३
  • ६ महिनामा देशको व्यापार घाटा सात खर्ब नाघ्यो

    ६ महिनामा देशको व्यापार घाटा सात खर्ब नाघ्यो

    काठमाडौँ– चालु आर्थिक वर्ष २०८१–८२ को पुस मसान्तसम्ममा (६ महिनामा)९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। गत वर्ष २०८०–८१ मा ८ खर्ब ४३ अर्ब १३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो।

    जसअनुसार वैदेशिक व्यापारमा ७.०६ प्रतिशतले सुधार आएको छ। चालु वर्षमा आयात निर्यातमा पनि सुधार देखिएको छ। २०८१ पुस मसान्तसम्म ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ।

    सो अवधिमा ९८ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ। यसअनुसार ८९.२८ प्रतिशत आयात हुँदा १०.७२ प्रतिशत निर्यात भएको छ। जसअनुसार देशको व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड नाघेको छ।