बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै - Chaitanya News
  • 2026-04-27
  • 22:02:14
  • सोमबार,बैशाख १४, २०८३
  • बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

    बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

    काठमाडौं – बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै छ । कांग्रेस उम्मेदवार पाण्डे एमाले उम्मेदवार कर्णबहादुर थापाभन्दा ३,७७८ मतान्तरले अगाडि छन् ।

    पाण्डेले २६ हजार ९८६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी थापाले २३ हजार २०८ मत प्राप्त गरेका छन् । प्रदेशसभा– १ मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले निर्वाचित भएका छन् भने प्रदेशसभा–२ मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीको अग्रता छ ।

    शाहीले १७ हजार ९२७ मत बनाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले १५ हजार १७२ मत पाएका छन् । बाजुरामा बुधबार बेलुकी ६ः ३० बजेबाट सुरु भएको मतगणना अहिले पनि जारी छ ।