पहिलो ६ महिनाको आर्थिक सूचक सार्वजनिक, निर्यात ३१ प्रतिशत वृद्धि - Chaitanya News
  • 2026-06-30
  • 12:31:53
  • मंगलबार,आषाढ १६, २०८३
  • पहिलो ६ महिनाको आर्थिक सूचक सार्वजनिक, निर्यात ३१ प्रतिशत वृद्धि

    पहिलो ६ महिनाको आर्थिक सूचक सार्वजनिक, निर्यात ३१ प्रतिशत वृद्धि

    काठमाडौँ– अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनाको प्रमुख आर्थिक सूचक सार्वजनिक गरेको छ।

    मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार चालु आव पहिलो ६ महिना (साउन–पुस) मा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको छ। गत आव सोही अवधिमा निर्यात ७.२ प्रतिशतले घटेको थियो।

    मन्त्रालयका अनुसार चालु आव पहिलो ६ महिनामा ९८ अर्ब ७९ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ। गत आव सोही अवधिमा भने ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो।

    त्यसै गरी पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड बराबरका वस्तु आयात भएको छ। यो ७।१ प्रतिशतले बढेको हो। गत आव पहिलो ६ महिनामा भने ७ खर्ब ६८ अर्ब १७ लाखको आयात भएको थियो।

    चालु आव पहिलो ६ महिनामा आयात(निर्यात अनुपात ८.३ः१ रहेको छ। गत आव सोही अवधिमा १०.२ः१ थियो। अर्थ मन्त्रालयका अनुसार चालु आव पहिलो ६ महिनामा राजस्व १२.७ प्रतिशतले वृद्धि भएको छ।