धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका ५ शिवनगर रहेको चैतन्य पाठशालाको आयोजनामा पौष २७ गतेदेखि सुरु भएको प्रथम चैतन्य विद्यार्थी महोत्सव २०८१ हिजो (शनिवार)सम्पन्न भएको छ ।
![]()
महोत्सव हिजो आठौँ दिनमा सम्पन्न भएको हो। चैतन्य पाठशालाले विगतका वर्षदेखि नै आयोजना गर्दै आइरहेको स्टिमफेयर वार्षिक खेलकुद सप्ताहलाई यो वर्ष विन्टर क्याम्प रमाइलो मेलालाई जोडेर संयुक्त रुपमा आयोजना गरेको थियो।
![]()
पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिंहले चैतन्य विद्यार्थी महोत्सवको आठौँ दिनसम्ममा विद्यार्थी तथा सहभागीहरूले विभिन्न ज्ञान,सिप,मनोरञ्जन,विद्यार्थीहरुको वैज्ञानिक आविस्कार,अन्वेषण,परियोजना, खेलकुद लगायत बहस तथा शैक्षिक बहस जस्ता जीवनोपयोगी उद्यमबारे ज्ञान हासिल भएको बताए। शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन, प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशालाको शौक्षिक अवधारणा अघि बढिरहेको र पाठशालाले विद्यार्थीहरूको चौतर्फी विकासका लागि उक्त महोत्सव गरिएको उनले बताए।
![]()
प्रथम चैतन्य विद्यार्थी महोत्सव २०८१ को समापन समारोहको पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीको अध्यक्षता, वरिष्ठ साहित्यकार,महाकाव्यकार डा. नवराज लम्साल प्रमुख अतिथि तथा बिश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेय दिव्य उपस्थिती रहेको थियो। भागवत वाचिका पाण्डेयले सबैले विद्याको अध्ययन गरेर मात्रै मानिस अनुसाशित, धार्मीक तथा बौद्यिक ब्यक्ती बन्ने कुरा बताइन्। जवसम्म मातापिता, गुरुको आश्रय तथा संस्कारको आज्ञा पालन गरेर शिक्षा आर्जन गर्न सकिने र मानिसलाई सुख यसैबाट प्राप्त गर्न सकिने उनले बताए।
![]()
यस्तै वरिष्ठ साहित्यकार,महाकाव्यकार तथा प्रमुख अतिथि डाक्टर नवराज लम्सालले कार्यक्रममा बोल्दै पहिला मानिस अनुसाशित र ब्यवहारिक बन्न जरुरी रहेको बताए। केवल बिद्यार्थीले बिद्यालयको सिटिफिकट मात्रै नभएर व्यक्तित्व निर्माण, ज्ञानको ब्यवहारिक र भविष्यको राम्रो व्यक्ति बन्न आवश्यक रहेको बताए। विद्यालयमा विद्यार्थी र शिक्षक शिक्षिकाको मात्रै भूमिका नभएर अभिभावकले पनि आफ्ना नानीबाबुहरुको हरेक समयमा आफूले हेरबिचार गरीराख्नुपर्ने बताए।
![]()
ज्ञानको जागरण, संंस्कृतिको सम्मान, नवप्रवर्तनको प्रवाह भन्ने मुल नाराका साथ पुस २७ गते देखि प्रथम चैतन्य महोत्सव सुरू भएको हो। कार्यक्रममा विश्वकै कान्छि भागवत वाचिका वाल विदुषी देवी अनुराधा पाण्डेको दिव्य उपस्थिति र प्रवचन, महाकाव्यकार, मदन पुरस्कार विजेता डाक्टर नवराज लम्सालको प्रेरक चैतन्य संवाद गरिएको थिय । यस्तै स्टिम प्रजेक्ट अन्तर्गत प्लेनको परीक्षण उडान, वैज्ञानिक आविस्कारको प्रदर्शन, पुरस्कार वितरण गरिएको थियो।
![]()
![]()