कस्तो रहला आज देशभरको मौसम - Chaitanya News
  • 2026-07-17
  • 05:04:20
  • बिहिबार,आषाढ ३२, २०८३
  • कस्तो रहला आज देशभरको मौसम

    कस्तो रहला आज देशभरको मौसम

    काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।

    महाशाखाका अनुसार अहिले कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ भने तराई क्षेत्रमा हुस्सु लागेको छ।

    आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदलीको सम्भावना रहेको छ।

    बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई सेवामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाका अनुरोध छ।