बेइजिङ– चीनको जनसंख्या लगातार तेस्रो वर्ष पनि घटेको छ । सन् २०२४ मा चीनको जनसंख्या १ अर्ब ४० करोड रहेको थियो। यो गत वर्षको तुलनामा १३ लाख कम हो। योसँगै लगातार तेस्रो वर्ष पनि जनसंख्या घटेको हो। जनसंख्यामा निरन्तर आइरहेको कमीले राष्ट्रपति सि जिनपिङ सरकारको चिन्ता बढाएको छ।
जन्मदरमा आएको कमीका कारण हालैका वर्षमा चीनको जनसंख्या घटिरहेको छ। चीनले कयौं वर्षसम्म बढ्दो जनसंख्या नियन्त्रण गर्न एक सन्तान नीति लागू गरेको थियो। सरकारले जारी गरेको प्रतिवेदनमा देशमा वृद्धवृद्धाको जनसंख्या बढ्दै गएको र काम गर्ने उमेर समूहका मानिसहरूको संख्या खुम्चिँदै गएको उल्लेख गरिएको छ।
चिनियाँ युवाहरू आफ्नो भविष्य, जागिरको सुरक्षा र बढ्दो जीवनयापन खर्चको चिन्ताले गर्दा विवाहमा ढिलाइ गरिरहेका छन्। विवाह गर्नेहरूले पनि सन्तान पाइरहेका छैनन्। चिनियाँहरूको औसत आयु बढिरहेको छ। तर जन्मदर नबढ्दा सरकार चिन्तित छ। एजेन्सी