कृषिमन्त्री अधिकारीले भने: रासायनिक मल पर्याप्त हुन ६० अर्ब चाहिन्छ - Chaitanya News
  • 2026-06-30
  • 10:55:25
  • मंगलबार,आषाढ १६, २०८३
  • कृषिमन्त्री अधिकारीले भने: रासायनिक मल पर्याप्त हुन ६० अर्ब चाहिन्छ

    कृषिमन्त्री अधिकारीले भने: रासायनिक मल पर्याप्त हुन ६० अर्ब चाहिन्छ

    काठमाडौँ– कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले रासायनिक मल पर्याप्त हुन ६० अर्ब चाहीने बताएका छन् । आज (बिहीबार) सभापति शेरबहादुर देउवा निवासमा शीर्ष तहका नेताहरू सहित काँग्रेसका मन्त्रीहरूको छलफलमा उनले यसतो बताएका हुन् । यस्तै उनले विनियोजन गरेको रकमले किसानलाई आवश्यक पर्ने रासायनिक मल आयात गर्न नसकिने समेत बताए।

    मन्त्री अधिकारीले ६० अर्ब रुपैयाँ आवश्यक भए पनि २७ अर्ब विनियोजन भएको सुनाएका थिए।

    मन्त्रीको छ महिने कार्यकालमा आफूले गरेका सुधारका कार्य सुनाउने क्रममा अधिकारीले रासायनिक मल आयात गर्न रकमको अभाव हुने बताएका थिए। ‘साढे पाँच लाख मेट्रिक टन आयात गर्न सकिने अवस्था छ। किसानको माग ११ लाख मेट्रिक टन छ,’ मन्त्री अधिकारीले भने,‘सरकारले रकम विनियोजन गर्दा २७ अर्ब ९५ करोड मात्रै छुट्याएको छ। किसानले चाहेजति रासायनिक मल उपलब्ध गराउन लगभग ६० अर्ब रुपैयाँ चाहिन्छ।

    मन्त्री अधिकारीले दूध विक्री बापत बक्यौता रहेको किसानको रकम उपलब्ध गराएको विषयलाई प्रमुखताका साथ उठाएका थिए। ‘मन्त्रालय सम्हाल्दा एक वर्षको रकम दूध किसानलाई पैसा तिर्नु थियो। अहिले चार महिनामा झरेको छ,’ मन्त्री अधिकारीले पार्टी बैठकमा राखेको विषयमा भने, ‘दुई अर्ब रुपैयाँ किसानलाई तिर्नुपर्ने थियो। एक अर्ब ५३ करोड रुपैयाँ भुक्तानी गर्‍यौँ । बाँकीको लागि व्यवस्थापन मिलाउँदै छौँ।

    उखु किसानलाई रकम उपलब्ध गराएको कार्यलाई आफ्नो ६ महिने उपलब्धीका भएको पार्टीसँगको बैठकमा मन्त्री अधिकारीले राखेका थिए। ‘मह किसानले उत्पादन गरेको महलाई बिक्री गर्ने वातावरण गराएको कुरा राखेँ,’ अधिकारीले भने।

    सरकारबाट मन्त्री भएकाहरूको प्रभावकारिता र पार्टीको सुझावका लागि सभापति देउवाले शीर्ष नेतासहितको बैठक डाकेका थिए। बैठकमा शीर्ष नेता, १० मन्त्री, दुई राज्यमन्त्री सहभागी छन्।