यस्तो छ आन देशभरको मौसम - Chaitanya News
  • 2026-05-03
  • 23:35:08
  • आइतबार,बैशाख २०, २०८३
  • काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

    महाशाखाका अनुसार बुधबार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको अवस्था छ।

    सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।