काठमाडौँ– महालक्ष्मी विकास बैंकले वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको आज (सोमबार) आयोजित २३ औँ वार्षिक साधारण सभाबाट वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा राजधानीमा सम्पन्न साधारणसभाबाट २०८१ साल आषाढ मसान्तको वासलात तथा आ।ब। २०८०–०८१ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफारनोक्सान बाँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएका छन्।
बैंकले आर्थिक वर्ष २०७९–८० को तुलनामा आर्थिक वर्ष २०८०–८१ को अन्त्य समग्र वित्तीय परिसूचकहरूमा सकारात्मक परिवर्तन देखिएको जनाएको छ। आर्थिक वर्ष २०७९–८० मा रु. ३७.७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०–८१ मा खुद नाफा रु. ५०.०३ करोड पुगेको छ।
आर्थिक वर्ष २०८०–८१ को अन्त्यमा प्रति सेयर आम्दानी रु. १२, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, सेयर धनी कोषमा प्रतिफल ७.४२ प्रतिशत तथा लाभांश दर ७.०० प्रतिशत रहेको छ।