काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाल विकाससहितका विषयमा विज्ञ सूची (रोष्टर) मा पुनः आवेदन माग गरेको छ।
मन्त्रालयले विज्ञको सूची (रोष्टर) मा सूचीकृत हुनका लागि यसअघि भदौ ६ गते आवेदन माग गरेको थियो। पर्याप्त आवेदन प्राप्त नभएकाले पुनः आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ।