माघ महिनाका लागि ७ बैंकले गरे ब्याजदर समायोजन, कुन बैंकको ब्याजदर कति ? - Chaitanya News
  • 2026-06-30
  • 09:52:52
  • मंगलबार,आषाढ १६, २०८३
  • माघ महिनाका लागि ७ बैंकले गरे ब्याजदर समायोजन, कुन बैंकको ब्याजदर कति ?

    माघ महिनाका लागि ७ बैंकले गरे ब्याजदर समायोजन, कुन बैंकको ब्याजदर कति ?

    काठमाडौँ– माघ महिनाका लागि ७ वटा वाणिज्य बैंकले ब्याजदर समायोजन गरेका छन्। बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार माघ महिनाका लागि कृषि विकास बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, हिमालन बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक र सिटिजन्स बैंकले घटबढ गरेका हुन्।

    कुन बैंकको ब्याजदर कति ?
    हिमालयन बैंक:
    हिमालयन बैंकले यो पटक बचत खाताको ब्याजदरलाई ०.०१ प्रतिशत विन्दुले घटाएको छ भने अरु सबै प्रकारका ब्याजदर यथावत् राखेको छ। माघका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ४।७५ प्रतिशत र ३.५० प्रतिशत ब्याजदर कायम गरेको छ।

    एभरेस्ट बैंक:
    एभरेस्ट बैंकले बचतको ब्याजदरलाई ०.०५ तथा संस्थागत मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएको छ। यस अनुसार माघ महिनाका लागि ३.०५ प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याज दिनेछ।

    ग्लोबल आईएमई बैंक:
    ग्लोबल आईएमई बैंकले यसपटक सबै प्रकारका खाताको ब्याजदरलाई यथावत् राखेको छ। यस अनुसार माघ महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ०० प्रतिशत र ३.५० प्रतिशत ब्याज दिनेछ।

    कृषि विकास बैंक:
    कृषि विकास बैंकले मुद्दती खाताको ब्याजदरलाई ०.५० प्रतिशत विन्दुले बढाएको छ भने बाँकी ब्याजदरलाई स्थिर राखेको छ। माघ महिनाका लागि सो बैंकले बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२६ प्रतिशत र ३.०० प्रतिशत ब्याजदर तोकेको छ। राष्ट्र बैंकले मुद्दती निक्षेपमा हकमा समेत न्यूनतम ३ प्रतिशतको क्याप तोकेपछि बैंकले ब्याजदर बढाएको हो।

    कुमारी बैंक:
    कुमारी बैंकले यो पटक सबै प्रकारका खाताको ब्याजदरलाई यथावत् राखेको छ। अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ।

    लक्ष्मी सनराइज बैंक:
    लक्ष्मी सनराइज बैंकले यसपटक सबै प्रकारका खाताको ब्याजदरलाई यथावत् राखेको छ। यस अनुसार माघ महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४.०० प्रतिशत ब्याज दिनेछ।

    माछापुच्छ्रे बैंक:
    माछापुच्छ्रे बैंकले यसपटक मुद्दती खाताको ब्याजदरलाई ०.५० प्रतिशत विन्दुले घटाएको छ। बैंकले मंसिर महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५० प्रतिशत ब्याज दिनेछ।

    नबिल बैंक:
    नबिल बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई स्थिर राखेको छ। यस अनुसार माघ महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ।

    सिटिजन्स बैंक:
    सिटिजन्स बैंकले माघ महिनाका लागि मुद्दती खाताको ब्याजदरलाई ०.५० प्रतिशत विन्दुले बढाएको छ। अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४.०० प्रतिशत दिनेछ।

    नेपाल बैंक:
    नेपाल बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई स्थिर राखेको छ। यस अनुसार माघ महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ।

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक:
    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) सबै प्रकारका खाताको ब्याजदरलाई स्थिर राखेको छ। यस अनुसार माघ महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.१५ प्रतिशत ब्याज दिनेछ।

    नेपाल एसबीआई बैंक:
    नेपाल एसबीआई बैंकले बचत खाताको ब्याजदरलाई स्थिर राखेको छ भने व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताको ब्याजदर ०.५० प्रतिशत विन्दुले घटाएको छ। अब बैंकले बचत, एकवर्षे व्यक्तिगत र एकवर्षे संस्थागत खाताका लागि लागि क्रमशः ३.०० प्रतिशत, ४.५१ प्रतिशत र ३.५१ प्रतिशत ब्याज दिनेछ।

    एनआईसी एसिया बैंक:
    एनआईसी एसिया बैंकले व्यीक्तगत मुद्दती खाताको ब्याजदर बढाएको छ भने अन्य खाताको ब्याजदर यथावत् राखेको छ। अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.१० प्रतिशत, ५.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ।

    एनएमबि बैंक:
    एनएमबि बैंकले यसपटक सबै प्रकारका खाताको ब्याजदर स्थिर राखेको छ। यस अनुसार माघ महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ।

    प्रभु बैंक:
    प्रभु बैंकले पनि यो अवधिमा ब्याजदरमा कुनै परिवर्तन गरेको छैन। यस अनुसार आगामी महिना बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशत ब्याजदर दिनेछ।

    प्राइम कमर्सियल बैंक:
    साधारण बचत खाताको ब्याजदरलाई यथावत् राखेको छ। पुस महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.०० प्रतिशत र ४.०० प्रतिशत ब्याज दिनेछ।

    राष्ट्रिय वाणिज्य बैंक:
    राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत सबै प्रकारका खाताको ब्याजदर यथावत् राखेको छ। उक्त बैंकको ब्याजदर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशतलाई निरन्तरता दिएको हो।

    सानिमा बैंक:
    सानिमा बैंकले नयाँ महिनाका लागि सबै प्रकारका निक्षेपको खाताको ब्याजदर स्थिर राखेको छ। माघ महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ५.३० प्रतिशत र ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ।

    सिद्धार्थ बैंक:
    सिद्धार्थ बैंकले नयाँ महिनाका लागि सबै प्रकारका निक्षेपको खाताको ब्याजदर स्थिर राखेको छ। माघ महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ५.५० प्रतिशत र ३.५० प्रतिशत ब्याजदर कायम गरेको छ।

    स्ट्यान्डर्ड चार्टर्ड बैंक:
    स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबै प्रकारका निक्षेपको खाताको ब्याजदर स्थिर राखेको छ। माघ महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ।

    कुन बैंकमा कति पाइन्छ ब्याज ?

    बैंकहरुको यो समायोजनसँगै बैंकहरुमा साधारण बचत खातामा न्यूनतम ३.०० प्रतिशत विन्दुदेखि अधिकतम ३.१० प्रतिशत ब्याज पाइन्छ। त्यस्तै, एकवर्षे संस्थागत मुद्दती खातामा न्यूनतम ४ प्रतिशत देखि अधिकतम ६ प्रतिशतसम्म ब्याज पाइन्छ भने एकवर्षे संस्थागत मुद्दती खातामा न्यूनतम ३.०० देखि ४.३० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ।

    नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा एनआईशी एसिया बैंकले तोकेको ३.१० नै बचत खाताको सबैभन्दा धेरै ब्याज हो। व्यक्तिगत मुद्दती खातामा प्राइम कमर्शियल बैंकले तोकेको ६ प्रतिशत ब्याजदर नै सर्वाधिक रहेको देखिन्छ। त्यस्तै, संस्थागत मुद्दती खातामा सानिमा बैंकले तोकेको ४.३० प्रतिशत नै सबैभन्दा धेरै देखिएको छ।