काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले चार जना उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ।
सचिवालयले नेपाल कृषि सेवाका विभिन्न सेवा, समूह र श्रेणीका रिक्त पदमा चार जना शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
बढुवा समितिले २०८१ पुस २८ गतेको निर्णयानुसार नेपाल कृषि सेवाका भेटेरिनरी समूहतर्फ रिक्त उपसचिव पदमा २ जना, खाद्य पोषण तथा गुण नियन्त्रण समूहतर्फ १ जना, र जनरल फरेष्ट्री समूहतर्फ १ जनालाई ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गरिएको छ।
![]()