निजामती सेवामा आरक्षण एक पटक मात्रै प्राप्त हुने व्यवस्था गर्न प्रस्ताव - Chaitanya News
  • 2026-06-08
  • 16:19:26
  • सोमबार,जेठ २५, २०८३
  • निजामती सेवामा आरक्षण एक पटक मात्रै प्राप्त हुने व्यवस्था गर्न प्रस्ताव

    निजामती सेवामा आरक्षण एक पटक मात्रै प्राप्त हुने व्यवस्था गर्न प्रस्ताव

    काठमाडौँ– समावेशी आयोग कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले निजामती सेवामा आरक्षण सुविधा एक जनालाई एक पटक मात्रै दिनु उपयुक्त हुने सुझाएका छन्।

    आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका तर्फबाट सुझाव राख्दै ओझाले यस्तो बताएकी हुन्।

    निजामती सेवामा आरक्षण एक पटक मात्रै प्राप्त हुने गरौँ। समानुपातिक निर्वाचन प्रणाली पनि आरक्षण हो। यसकारण समानुपातिकमा पनि एक जनालाई एक पटक नै गरौँ’ उनले भनिन्।

    संसदको राज्य व्यवस्था समितिमा संघीय निजामती सेवा विधेयक दफावार छलफलमा छ। आइतबार समितिले विधेयकका सम्बन्धमा विभिन्न संवैधानिक आयोगका प्रतिनिधिहरूसँग छलफलमा बोलाएको हो।

    छलफलमा भाग लिदै कार्यवाहक अध्यक्ष ओझाले यस्तो बताएकी हुन्।