धनगढीस्थित चैतन्य पाठशालामा प्रथम चैतन्य विद्यार्थी महोत्सव २०८१ सुरु भएको छ । महोत्सव हिजो (शनिबार)पौष २७ गतेदेखि सुरु भएको हो। महोत्सव पौष २७ गतेदेखि माघ ५ गतेसम्म चल्नेछ । धनगढीमा रहेको चैतन्य पाठशालाको आयोजनामा चैतन्य विद्यार्थी महोत्सव २०८१ पहिलो औं संस्करण सुरु भएको हो ।
![]()
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले महोत्सवको उद्घाटन गरेका थिए। चैतन्य विद्यार्थी महोत्सव २०८१ चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीको अध्यक्षतामा भएको हो।
![]()
चैतन्य पाठशालाले विगतका वर्षदेखि नै आयोजना गर्दै आइरहेको स्टिमफेयर वार्षिक खेलकुद सप्ताहलाई यो वर्ष विन्टर क्याम्प रमाइलो मेलालाई जोडेर संयुक्त रुपमा आयोजना गर्न लागेको पाठशालाले जानकारी दिए।
![]()
शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन, प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशालाको शौक्षिक अवधारणा अघि बढिरहेको र पाठशालाले विद्यार्थीहरूको चौतर्फी विकासका लागि उक्त महोत्सव गर्न लागेको पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिहँले बताए।
![]()
महोत्सव आगामी माघ ५ गतेसम्म सञ्चालन हुने छ। चैतन्य विद्यार्थी महोत्सव २०८१ धनगढी उपमहानगरपालिका– ५ शिवनगर टोलमा रहेको छ।
![]()