काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ। सिंहदरबारस्थित मन्त्रालयको सभा हलमा आज दिउँसो पत्रकार सम्मेलनमार्फत मन्त्रालय अन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक हुने जनाइएको छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पद बहाली गरेका दिन मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको कृषि अनुदान विवरण सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।
उनले भने, “गरिब, विपन्न किसानले कृषि अनुदान प्राप्त सकुन् भन्ने मेरो ध्येय हो। कृषि अनुदान वितरणमा जनगुनासो आएको सुनिएको हुँदा यसलाई अझ पारदर्शी बनाउनु जरुरी छ। यसैका लागि मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक गर्न लागिएको हो।