काठमाडौँ– ११ जना शाखा अधिकृतहरू उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल कृषि सेवाका ११ जना शाखा अधिकृतहरू उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
मन्त्रालयले पुस २७ गतेको निर्णयानुसार नेपाल कृषि सेवाका लाइभ स्टक पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट समूहतर्फ रिक्त उपसचिव पदमा २ जना, बाली विकास (एग्रोनोमी) समूहतर्फ २ जना, बाली संरक्षण समूहतर्फ ४ जना, र एगृ इको. मार्केटिङ एण्ड म्टाटिष्टिक्स समूहतर्फ ३ जनालाई ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
![]()