काठमाडौँ– नेपालमा पछिल्लो पाँच वर्षमा ५२ हजार हेक्टर भन्दा बढी धान रोप्ने क्षेत्रफल घटेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा धान बाली हुने क्षेत्रफल घटेको हो।
आर्थिक वर्ष २०७७–७८ मा १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा भएको धान रोपाइँ चालु आर्थिक वर्षमा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा भएको छ। यो भनेको ५२ हजार ८३८ हेक्टर क्षेत्रफल कम हो।
चालु आर्थिक वर्ष २०८१–०८२ं) मा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको छ। पाँच अघि ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो।