१२ जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस - Chaitanya News
  • 2026-06-08
  • 18:14:45
  • सोमबार,जेठ २५, २०८३
  • १२ जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस

    १२ जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस

    काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिले १२ जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ।

    समितिले विभिन्न सेवा, समूह र श्रेणीका रिक्त पदमा शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको हो।

    लोक सेवा आयोगको सिफारिस अनुसार २०८१ पुष २४ गते बसेको बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकनद्वारा हुने नेपाल विविध सेवा, सूचना प्रविधि निर्देशक समूहतर्फ रिक्त उपसचिव पदमा ४ जना र नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहतर्फ ८ जना शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको हो।