सुनको भाउ, प्रतितोला १५ सय रुपैयाँले बढ्यो - Chaitanya News
  • 2026-08-02
  • 04:48:23
  • शनिबार,साउन १६, २०८३
  • सुनको भाउ, प्रतितोला १५ सय रुपैयाँले बढ्यो

    सुनको भाउ, प्रतितोला १५ सय रुपैयाँले बढ्यो

    काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको जानकारी दिएको छ। महासंघले आजको भाउ तोक्दै लगातार तेस्रो दिन सुनको मूल्य बढेको र यस अवधिमा प्रतितोला १५ सय रुपैयाँले बढेको जानकारी दिएको हो।

    बुधबारदेखि बढ्न थालेको सुनको मूल्य आज शुक्रबार पनि बढेको महासंघले सार्वजनिक गरेको मूल्य सूचीमा उल्लेख छ। बुधबार सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको थियो। यस्तै, बिहीबार ५०० रूपैयाँले उकालो लागेको सुनको भाउ आज १ हजार रूपैयाँले बढेको हो।