८० अर्बको निक्षेप उपकरण आज बोलकबोल - Chaitanya News
  • 2026-06-30
  • 09:05:21
  • मंगलबार,आषाढ १६, २०८३
  • ८० अर्बको निक्षेप उपकरण आज बोलकबोल

    ८० अर्बको निक्षेप उपकरण आज बोलकबोल

    काठमाडौं– नेपाल राष्ट्र बैंकले ८० अर्ब रुपैयाँ बराबरको निक्षेप उपकरण बोलकबोल गर्दैछ। आज (बुधबार) बजारको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप उपकरण जारी गर्न लागेको हो।

    १४ दिन अवधिको उक्त उपकरण माघ ९ गते परिपक्व हुनेछ। बैंक तथा वित्तीय संस्थालाई कम्तीमा १० करोड र बढीमा ८० अर्ब नबढ्ने गरी ५ करोडले भाग जाने अंकमा बोलबकोल गर्न भनिएको छ।

    अहिले बजारमा झण्डै ७ खर्ब रुपैयाँ बराबरको तरलता रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशत छ।