मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन - Chaitanya News
  • 2026-06-06
  • 18:25:20
  • शनिबार,जेठ २३, २०८३
  • मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन

    मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन

    काठमाडौँ– संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ।

    समितिले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित मन्त्रालयका सचिवसँग छलफल गरेको थियो।

    छलफलपछि समितिले मुलपानीमा क्रिकेट रंगशालाका लागि स्रोत सुनिश्चितताका लागि निर्देशन दिएको हो।