लोक सेवा जागिर खान चाहनेहरूको लागि खुला ढोका हो : सुमित पटेल - Chaitanya News
  • 2026-06-08
  • 18:15:28
  • सोमबार,जेठ २५, २०८३
  • लोक सेवा जागिर खान चाहनेहरूको लागि खुला ढोका हो : सुमित पटेल

    लोक सेवा जागिर खान चाहनेहरूको लागि खुला ढोका हो : सुमित पटेल

    लोकसेवा परीक्षामार्फत् सरकारी सेवामा प्रवेश गर्ने चाहना सबैमा हुन्छ। यही चाहनालाई साकार पर्ना हजारौ परीक्षार्थीहरू परीक्षामा सामेल हुन्छन्। तर, केही मात्रै सफल हुन्छन्। असफल हुने केही परिक्षार्थीहरूले यो कठिन झमेलामा फस्न चाहदैनन् र लोक सेवाको फर्म भर्ने झन्झटबाट मुक्त हुन्छन् । तर, कुनै असफल परीक्षार्थीहरू एक र अनेकौं पटकको असफलताबाट आत्तिँदैनन् र परीक्षामा सामेल भइरहन्छन् । अन्ततः सफलता हासिल गरिछाड्छन् । त्यसो भए लोक सेवा परीक्षामा सफल हुनको रहस्य के छ त ? यिनै विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले भरखरैशाखा अधिकृतमा सिफारीस भएका शाखा अधिकृत सुमित पटेलसँग गरेको संवादको सम्पादित अंश:

    1.  तपाईं शाखा अधिकृतको रुपमा नेपाल सरकारको निजामति सेवामा नाम निकाल्न सफल हुनु भएको छ, कस्तो महसुस भइरहेको छ ?
    शाखा अधिकृतको रुपमा नेपाल सरकारको निजामति सेवामा सिफारीस हुन पाउदा निकै खुसी साथै जिम्मेवारी बढेको पनि महसुस भएको छ ।

    2. यो सफलता प्राप्तिका लागि यहाँले कसरी तयारी गर्नुहुन्थ्यो ?
    म पहिला टिचिङ गर्थे । मैले जागिर गर्दै पढ्दै गरेको हो । मैले नोटहरु बनाएर पढ्ने गर्थे । नोट बनाउँदा धेरै सामाग्रीहरु हेरेर बनाउने गरेको थिए । जसबाट धेरै  जान्ने मौका पाए, पछि परिक्षाको समयमा पनि पा्रय जसो आफैले बनाएका नोटह पढथे । अर्को सामाजिक विषयमा पनि अपडेट भइरहन्थे ।

    3. अध्ययनका लागि कति र कुन समय छुट्याउनु हुन्थ्यो ?
    मैले जागिर गर्दै पढ्दै गरेको हो । जागिर गर्ने भएकाले दिउसो अफिस जानुपर्ने हुन्थ्यो । ५–६ घण्टा बिहान र ५–६ घण्टा बेलुका पढ्ने गर्थे । म बेलुका भन्दा पनि विहानको समयलाई उपलब्धिमूलक समयको रूपमा लिने गर्छु। विहान चाँडै उठ्ने अनि पढ्ने गर्नाले पढेका कुरालाई सम्झिन सहज हुने गर्थ्यो। सबै पढाईका विषय वस्तुलाई औषतमा समय दिएर पढ्थ्ये। औषतको पढाई लोकसेवाका लागि निकै महत्वपूर्ण हुन्छ।

    4. लोकसेवा तयारीका क्लास र पुस्तकले तयारीमा कस्तो टेवा पुग्छ ?
    लोकससेवा तयारीका पुस्तक र क्लासले तयारीमा धेरै सहयोग गर्छ । विषयवस्तुको ज्ञान र पढाईको तरिका थाहा पाउन तयारी कक्षाको महत्वपूर्ण भूमिका हुन्छ। तयारी कक्षा नै लिनुपर्छ तयारी कक्षा विना अघि बढ्नै सकिँदैन भन्ने चैँ होइन। आफैँले तयारी गरेर कुनै तयारी कक्षा नलिएरै पनि कतिपय साथीहरूले पास गर्नुभएको छ। तर सम्भव भएसम्म आफ्नो पढाईको स्तर र ज्ञान व्यवस्थापनका लागि तयारी कक्षाका परिक्षाहरू, विज्ञ सरहरूका अनुभवहरू, साथीहरूका कुराहरूले महत्वपूर्ण भूमिका खेल्छन्। परिक्षा लक्षित कतिपय पुस्तकहरू राम्रा पनि छन् कतिपय पुस्तकहरू भने स्तरीय नहुन पनि सक्छन्। पाठ्यक्रमलाई आधार मानि लेखिएमा कतिपय पुस्तकहरूको गुणस्तर भने आफैँले परीक्षण गर्नुपर्छ। गुणस्तरीय पुस्तकहरू तयारीका लागि महत्वपुर्ण हुन्छन्।

    5. अध्ययन गर्दा कस्ता खाले सामाग्री छनोट गर्नु उपयुक्त हुन्छ र यहाँले कस्ता समाग्रीलाइृ बढी प्राथमिकता दिनुहुन्थ्यो ?
    बजारमा लोक सेवा तयारीका लागि भनेर विभिन्न लेखकका अनेक पुस्तक उपलब्ध छन् । पुस्तक छनोटमा पनि उत्तिकै द्विविधा हुन्छ । त्यसका लागि सर्वप्रथम लेखकको योग्यता, पृष्ठभूमि र अनुभवलाई ध्यान दिनुपर्ने हुन्छ । जुन विषयको पुस्तक हो, सोही विषयसँग सम्बन्धित योग्यता र अनुभव भएका लेखक भए पुस्तक बढी विश्वसनीय हुनसक्छ ।लेखकले विषयसँग सम्बन्धित कति सन्दर्भ सामग्री अध्ययन गरेर पुस्तक लेखेको छ भन्ने कुरालाई ख्याल गर्नुपर्छ । अर्को विभिन्न मन्त्रालयका वेभसाईटहरू संवैधानिक आयोग तथा अन्य विषयसँग सम्बन्धित आयोगका वेभसाइटहरू, विज्ञका लेखहरू र पत्रपत्रिकामा आएका समाचार र विचारहरू हेर्ने गर्नुपर्छ ।

    6. अहिले लोकसेवाप्रति युवाहरुको आकर्षण कस्तो देख्नु हुन्छ ?
    पछिल्लो समय लोकसेवाप्रति युवाहरुको आकर्षण अध्याधिक बढेको छ ।अहिले धेरै युवासाथिहरु विदेश जानु भन्दा नेपालमा नै बसेर लोकससेवा तयारी गरेर यो देशका लागि यो समाजका लागि केही गरेम भन्ने सोचमा भएको देखे मैले, अझ महत्वपूर्ण कुरा त यसको छनौट प्रक्रियाको निश्पक्षता हो। लोकसेवाको परिक्षा पास गर्ने मान्छेलाई मेहनत गर्ने मान्छेका रूपमा समाजले चिन्ने हुँदा पनि यसक्षेत्रमा आकर्षण बढेको हो।

    7. अहिले लाखौं युवाहरु विदेशीएका छन्, यहाँको मनमा विदेश जाने सोच कहिले आयो कि आएन ?
    विदेश गएर काम गर्नुपर्छ भन्ने सोच मलाई कहिले पनि आएन । किनभने मैले पैसा भन्दा पनि आफ्नो भविष्य हेरे । नेपालमा नै लोकससेवा तयारी गरेर आफ्नो भविष्य बनाउँछु भन्ने मेरो सपना थियो जुन आज सपनाको एउटा खुड्किलो उग्लन सफल भएमको छु । विदेश गएर पनि पछि पर्किएर नेपालमा नै आउँनुपर्छ । आफ्नो देश भनेको आफ्नै हुन्छ ।

    8. अन्त्यमा लोकसेवा तयारी गरिरहनु भएका परिक्षार्थिलाई के भन्न चाहानु हुन्छ ?

    लोक सेवा जागिर खान चाहनेहरूको लागि खुला ढोका हो । लोकसेवामा हाम्रो जिवनको सुरक्षा हुन्छ । लोकसेवाले कसैलाई पनि अन्याय गर्दैन् । लोकसेवा तयारी गरेर सफल हुने व्यक्लिाई कहिले पनि भोलि के गरौला भन्ने डर हँदैन। यसमा नाम पनि हुन्छ दाम पनि हुन्छ त्यसैले विदेश गएर पराईको देशमा २–४ वर्ष काम गर्नु भन्दा आफ्नै देशमा बसेर जिवनभरका लागि हुने लोकसेवात तयारी गर्नु नै युवासमथिहरुका लागि सबै भन्दा उत्तम विकल्प हो । एक दुई पटकको असफलतामा निराश भएर हार मान्नु हुँदैन। असफलताले मानिसलाई परिपक्व बनाउँछ। निरन्तर लक्ष्यमा केन्द्रित रहनुपर्छ।एक न एक दिन लक्ष्यमा पुगिनेछ भन्ने मेरो विचार थियो।जुन आज सफल पनि भएको छ । धेरै चोटि असफल भएपनि निरन्तर प्रयास र मेहेनत गरिरहनु पर्छ सफलता अवश्य मिल्छ ।