नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति बनाउन प्रयास गरिरहेको छु : स्वास्थ्य मन्त्री पौडेल - Chaitanya News
  • 2026-05-03
  • 23:35:08
  • आइतबार,बैशाख २०, २०८३
  • नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति बनाउन प्रयास गरिरहेको छु : स्वास्थ्य मन्त्री पौडेल

    नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति बनाउन प्रयास गरिरहेको छु : स्वास्थ्य मन्त्री पौडेल

    काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन्।

    आज (सोमबार) कान्ति बाल अस्पतालको ६३ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले भने, ‘आम नागरिकलाई कसरी औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न सकिन्छ, त्यसको उपाय पनि खोज्ने कोसिस गरिरहेका छौँ ।’

    उनले अघिल्लो वर्ष झन्डै ८०–८१ करोड बजेट कान्ति बाल अस्पतालको लागि छुटाइए पनि एआईए हुन नसकेर प्रक्रिया अगाडि नबढेको बताए। ‘अब छिट्टै काम अघि बढ्छ,’ उनले भने।

    मन्त्री पौडेलले बाल उपचारलाई सातै प्रदेशमा बिस्तार गर्ने गरी सरकारले काम गरिरहेको बताए। उनले सातै प्रदेशमा बाल उपचारलाई बिस्तार गर्ने नेतृत्वदायी भूमिका गर्ने संस्थाको रूपमा कान्ति अस्पताललाई विकास गर्नुपर्ने बताए।

    ‘बाल उपचारका लागि आवश्यक पर्ने सबै जनशक्ति उत्पादन हुने स्थिति यहाँ बन्नुपर्छ’ उनले भने, ‘अनुसन्धानको कुरामा पनि स्रोत कुरा हो, अनुसन्धानको क्षेत्रमा पनि काम गरौँ, यसले छुट्टै क्षेत्रलाई प्रतिनिधित्व गर्दछ।