शुभेच्छा मरासिनी अधिकाशं जस्तै गाउँमा जन्मे हुर्केकी साधारण युवती हुन् ।अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ मा जेन्मेकी शुभेच्छले प्राप्त गरेको उपलब्धि भने विशिष्ट छ । बुवा किसान र आमा ग्रीहीणीको कोखबाट जन्मेकी शुभेच्छाले साधारण सपना देखेकी थिइन् । उनले गाउँकै सामुदायिक विद्यालयमा आधारभूत तह अध्ययन गरिन् । उनि सानैदेखि नै पढाईमा अब्बल थिइन् ।
गाउँमा कक्षा ८ सम्म पढेपछि बाकीको अध्ययन लागि उनि बुटवल गइन् । बुटवलबाट कम्प्यूटर इन्जिनियरङिमा पलस टु पास गरिन् । त्यसछि उच्च शिक्षा अध्ययनका लागि उनि काठमाडौं आइन । उच्च शिक्षा र सरकारी जागिरको महत्व उनले राम्रोसँग बुझेकी थिइन्, सरकारी जागिर खाने उनको रहर जो थियो ।
उच्च शिक्षा स्नातक सकेपछि उनि लोकसेवा तयारी तिर लागिन् । मन लगाएर रात, दिन नभनेर धेरै नै मेहेनत गरेर पढीन् । र अहिले उनलाई मेहेनतको फल पनि प्राप्त भएको छ ।
अहिले शुभेच्छा धेरैको प्रेरणा र उर्जाको स्रोत बनेकी छन् ।अहिले उनी सबैको प्रेरणा र उर्जाको स्रोत बन्नुको एकमात्रै कारण हो उनले एकै वर्षमा ५ ठाउँबाट शाखा अधिकृत अफिसरमा नाम निकालेकी छन् ।
पहिलो पटक गत साउन ३१ गते उनले कम्प्यूटर अधिकृतमा नाम निकालीन। त्यो बेला उनको खुसीको सीमा रहेन । फेरि ६ भदामा सुचना प्रविधि अधिकृतमा नाम निस्कीयो । उनको खुसी फेरि दुइ गुणा बढ्यो । २० भदौमा फेरि नेपाल राष्ट्र बैंकको तृतिय अधिकृतमा नाम निक्लियो । यस्तै २७ भदौमा फेरि नेपाल विवद् सेवा राज पत्राङकीत् तृतिय क्षेणी कम्प्यूटर इन्जिनियरिङमा पनि उनले नाम निकाल्न सफल भइन् ।
एक महिनाकै अवधिमा चार ठाउँबाट अधिकृतमा नामा निकाल्न सफल भएकी उनले गत मंसीर छ गते फेरि पनि नेपाल राष्ट्र बैंकको सायक निर्देशनमा पनि नाम निकाल्न सफल भइन् । स्नातक लगत्तै शुभेच्छा लोकसेवाको तयारी गर्न लागिन । निकै मेहेनत र संघर्ष गरेर पढिन् र मेहेनतको फल पनि चाडै नै मिल्यो । उनले अहिले नेपाल राष्ट्र बैंक रोजेर सेवा सुरु गरेकी छन् ।
मैले ६ महिना मात्रै पढेर सबैमा आवेदन दिएकी थिए । शुभेच्छा भन्छिन् सबै परिक्षामा एकपछि अर्को गर्दै नाम निस्कियो । उनि भन्छिन् परिश्रम र लगनशिलता लोकसेवा तयारी गर्नेहरुको सबै भन्दा ठुलो हतियार हो । मैले त्यही गरे म राति १२–१ बजेसम्म र बिहान ५ बजे नै उठेर पढ्थे । ६ महिना मोवाईल, टिभि र सामाजिक सञ्जालबाट टाढा रहेको उनले बताईन् ।
आफुलाई सानैदेखि समसामाहिक विषय र जनरल नलेज (जि.के) मा रुचि भएको उनि बताउँछिन् । सामान्य ज्ञान अझै मनपर्ने हुँदा विद्यालय तहमा हाजिरी जवाफ लगायतका प्रतिस्पर्धामा सहभागि हुन्थे उनले भनिन् । लगनशिलताले मलाई एक पटक मै अफिसर बनायो । शुभेच्छा भन्छिन्, तयारीको सबै चरणमा मलाई पढाई लेखाईमा कहिले पनि बोझ र भारी लागेन । लोकसेवा तयारीमा रहेकालाई आत्माविश्वास बढाएर परिक्षामा सहभागि हुन शुभेच्छाले सुभाव दिइन् ।
लोकसेवा तयारी गर्नेले नियमित अध्ययन, लेखाईको अभ्यासर नाम निकालेकाहरुसँग छलफल गर्नुपर्छ शुभेच्छाले भनिन् । आवश्यक सामाग्रीमा विशेष ध्यान दिनुपर्ने शुभेच्छा बतान्छिन् । विभिन्न सरकारी प्रतिवेदन र पत्रपत्रिकाको नियमित अध्ययन गर्नुपर्छ । सन्तुलित लेखाई र तथ्य फरक विश्लेषण विषयवस्तुको सहि छनोट र आफैप्रतिको आत्माविश्वासलाई वुद्धि गराउदै लैजान पर्छ उनले भनिन् । लोकसेवपामा क्याम्पसमा पढेजस्तो चाही हुँदैन । लोकसेवा पढ्दा मेहेनत चाही गर्नै पर्छ । दैनिक ८–९ घण्टा पढ्ने बानिको विकास गर्नुपर्छ । अर्को पढाईलाई निरन्तरता पनि दिनुपर्छ । यदि पढाईलाई विच्चमै छोड्यो भने न त यता न त उताको भइन्छ । लोकसेवाको पढाई आफैमा कठिन र चुनौतिपूर्ण भएपनि आत्मा विश्वास, लगनशिलता, नियमित अध्ययन र अभ्यासले सफलता प्राप्त गर्न सकिने उनको निष्कर्ष छ । सरकारी सेवासँगै अध्ययन पनि सँगै लादै माथिल्लो तहको तयारी गर्ने शुभेच्छाको योजना छ । एउटा अव्वल र इमान्दार राष्ट्र सेवक कर्मचारीको पहिचान बनाउने शुभेच्छाको अठोट छ ।