काठमाडौं– प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटवार्ता गरेको चार दिनपछि एमाले अध्यक्ष पनि शीतल निवास पसेका छन। प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी नतिजा आउने क्रममा गत शुक्रवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए।
चुनावपछिको अवस्था र प्राप्त पछिल्लो मतपरिणामबारे जानकारी गराउन जाएका श्रोतको दावी छ।
त्यसको चार दिनपछि एमाले अध्यक्ष केपी शर्मा ओली शीतल निवास छिरेका हुन। अध्यक्ष ओली एक्लै गत मंगलवार दिउँसो शीतल निवास पुगेका उनका निजी सचिव राजेश बज्राचार्यले बताए।
ओली र राष्ट्रपतिवीच खाजा समय दिउँसो साढे १२ बजेदेखि झण्डै २ बजेसम्म कुराकानी भएको थियो।