बाजुरामा खसेको भन्दा बढी मतपत्र फेला परेपछि प्रतिनिधिसभातर्फको मतगणना रोकियो - Chaitanya News
  • 2026-04-23
  • 08:13:50
  • बिहिबार,बैशाख १०, २०८३
  • बाजुरामा खसेको भन्दा बढी मतपत्र फेला परेपछि प्रतिनिधिसभातर्फको मतगणना रोकियो

    बाजुरामा खसेको भन्दा बढी मतपत्र फेला परेपछि प्रतिनिधिसभातर्फको मतगणना रोकियो

    काठमाडौं– बाजुरामा खसेको भन्दा बढी मतपत्र फेला परेपछि प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ। हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा लेखिएको भन्दा ३० बढी मत फेला परेको हो।

    मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले फालिएको भन्दा ३० मत बढी भेटिएपछि मतगणना रोकिएका बताएका छन्।

    लेखिएको भन्दा ३० मत बढी फेला परेपछि त्यसबारे राजनीतिक दलहरूसँग छलफल भइरहेको उनले बताएका छन्।