महुली लघुवित्तको एफपीओ बाँडफाँट, १० कित्ता पाउनेलाई झण्डै १४ हजार नाफा - Chaitanya News
  • 2026-06-30
  • 08:15:49
  • मंगलबार,आषाढ १६, २०८३
  • महुली लघुवित्तको एफपीओ बाँडफाँट, १० कित्ता पाउनेलाई झण्डै १४ हजार नाफा

    महुली लघुवित्तको एफपीओ बाँडफाँट, १० कित्ता पाउनेलाई झण्डै १४ हजार नाफा

    काठमाडौं– महुली लघुवित्तको एफपीओ बाँडफाँट भएको छ। संस्थाले प्रतिसेयर एक सय रुपैयाँका दरले ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयरको बाँडफाँट गरिएको हो।

    पुस ५ गतेदेखि पुस ९ गतेसम्म सार्वजनिक निष्कासन गरिएको उक्त सेयर ४७ हजार ५४४ जनालाई १० कित्ताका दरले र बाँकी बचेको ९.१५ कित्ता सेयर बाँडफाँट गरिएको हो।

    त्यस्तै, २० देखि एक हजार कित्ता आवेदन दिइ बाँडफाँडमा पर्ने ४ हजार ८२० जना आवेदकमध्येबाट ९ जनालाई थप १÷१ कित्ता र एक जनालाई थप ०.१५ कित्ता गरी बाँडफाँट गरिएको धितोपत्र निष्कासन तथा क्रिी प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ।

    उक्त कम्पनीको शेयर हाल १ हजार ४८५ रुपैयाँमा बिक्री भइरहेको छ। यो हिसाबले १० कित्ता सेयर पाउनेलाई १३ हजार ४८५ रुपैयाँ नाफा भएको छ।