सरकारी कर्मचारीको ‘राइट साइजिङ’ गर्नुपर्ने अध्यक्ष रेग्मको माग - Chaitanya News
  • 2026-06-08
  • 18:14:47
  • सोमबार,जेठ २५, २०८३
  • सरकारी कर्मचारीको ‘राइट साइजिङ’ गर्नुपर्ने अध्यक्ष रेग्मको माग

    सरकारी कर्मचारीको ‘राइट साइजिङ’ गर्नुपर्ने अध्यक्ष रेग्मको माग

    काठमाडौँ– लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले सरकारी कर्मचारीको ‘राइट साइजिङ’ गर्नैपर्ने बताएका छन्। आज (शुक्रबार) बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले कर्मचारीको ‘राइट साइजिङ’ गर्नैपर्ने माग गरेका हुन् ।

    यस अघि पनि राज्य व्यवस्था समितिको बैठकमै अध्यक्ष रेग्मीले नेपालमा कर्मचारी बढी रहेको बताएका थिए। उक्त अभिव्यक्ति स्मरण गर्दै माओवादी सांसद दुर्गा राईले ‘कति कर्मचारी आवश्यक हो ? भनेर सोधेकी थिइन्।

    जवाफमा रेग्मीले नेपालमा सरकारी कर्मचारीको आकार व्यवस्थापन गर्नैपर्ने बताएका हुन्। उनले भने, ‘बढाउनुपर्छ वा घटाउनुपर्छ भन्दिनँ तर पनि कर्मचारीको राइट साइजिङ गर्नैपर्छ।