काठमाडौँ– लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले क्षमता नभएका व्यक्ति ५० पटक परीक्षा दिँदा पनि लोकसेवा पास हुन नसक्ने बताएका छन्।
आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवा विधेयकबारे सुझाव राख्दै आयोगका अध्यक्ष रेग्मीले क्षमता नभएका व्यक्ति ५० पटक परीक्षा दिँदा पनि लोकसेवा पास हुन नसक्ने बताएका हुन्।
यस्तै उनले भने आफ्नो अवसरमा पास हुन नसक्ने भाइहरूको अवसरमा रटेर घोकेर अवसर घटाउने ? यो हुन सक्दैन। त्यो अवसर फ्रेस ग्रयाजुयटहरूको हो’, उनले थपे, ‘हरेक जिल्लामा क्याम्पस नहुँदाको समयमा गरेको व्यवस्था अहिले काम रहेको छ। अब हरेक पालिकामा क्याम्पस छ। शिक्षाको उपलब्धता छ’, उनले भने, ‘त्यसैले निजामती सेवामा उमेर घटाउनु पर्छ। ’