स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव संघीय सरकार मातहत हुनुपर्छ : लोक सेवा आयोग - Chaitanya News
  • 2026-09-26
  • 03:24:03
  • शुक्रबार,आश्विन ०९, २०८३
  • स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव संघीय सरकार मातहत हुनुपर्छ : लोक सेवा आयोग

    स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव संघीय सरकार मातहत हुनुपर्छ : लोक सेवा आयोग

    काठमाडौँ– लोक सेवा आयोगले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सरकारका प्रदेश सचिव संघीय सरकारको मातहतमा राख्नुपर्ने बताएको छ।

    आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले संघीयताको सुदृढीकरण र नेपाल सरकारलाई बलियो बनाउने उद्देश्यलेप्रमुख प्रशासकीय अधिकृत र प्रदेश सरकारका प्रदेश सचिव संघीय सरकारको मातहतमा राख्नुपर्ने सुझाव प्रस्तुत गरेका हुन्।

    नेपालको प्रतिनिधि प्रदेशले नगर्ने र नेपाल सरकारले गर्ने भएकाले संघीय सरकारलाई बलियो बनाउन यो आवश्यक छ,” अध्यक्ष रेग्मीले आफ्नो तर्क राख्दै भने।

    उनका अनुसार, प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव संघीय सेवाकै कर्मचारी हुनुपर्ने र संघीय सरकारको मातहतमा रहेर काम गर्नुपर्ने राय आयोगको छ। “यसरी जानुपर्छ भन्ने हाम्रो धारणा छ,” अध्यक्ष रेग्मीले थपे।