औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले माग्यो विभिन्न पदमा कर्मचारी - Chaitanya News
  • 2026-11-17
  • 17:01:47
  • मंगलबार,मंसिर ०२, २०८३
  • औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले माग्यो विभिन्न पदमा कर्मचारी

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले माग्यो विभिन्न पदमा कर्मचारी

    काठमाडौं– औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले लिखित परीक्षामार्फत प्राविधिक र प्रशासनिक पदहरूमा कर्मचारी नियुक्त गर्ने जनाएको छ। इच्छुक नेपाली नागरिकहरूले तोकिएको मापदण्डअनुसार आवेदन दिन सक्ने छन्।

    सूचना अनुशार सातौँ तहको इन्जिनियरदेखि दुई तहको सहायक पदसम्म माग गरिएको छ। जसमा इन्जिनियर एक जना, अधिकृत (प्रशासन) चार, सव इन्जिनियर तीन, कार्यालय सहायक(प्रशासन) एक, असिस्टेन्ट सब इन्जिनियर(इलेक्ट्रिकल) एक, असिस्टेन्ट सब इन्जिनियर(सिभिल) एक र सहायक दुई पदका लागि दरखास्त आह्वान गरिएको छ।