श्रम मन्त्रालयले गर्‍यो केन्द्रीय श्रम सल्लाहकार परिषद्‍मा १० जना सदस्य मनोनीत - Chaitanya News
  • 2026-06-30
  • 07:30:05
  • मंगलबार,आषाढ १६, २०८३
  • श्रम मन्त्रालयले गर्‍यो केन्द्रीय श्रम सल्लाहकार परिषद्‍मा १० जना सदस्य मनोनीत

    श्रम मन्त्रालयले गर्‍यो केन्द्रीय श्रम सल्लाहकार परिषद्‍मा १० जना सदस्य मनोनीत

    काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केन्द्रीय श्रम सल्लाहकार परिषद्‍मा १० जना सदस्यहरू मनोनीत गरेको छ।

    मन्त्रालयले रोजगारदाताहरू र ट्रेड युनियन महासंघहरूको तर्फबाट प्रतिनिधित्व गर्ने १० जनालाई सदस्यमा मनोनीत गरेको हो। जसअनुसार ट्रेड युनियनको तर्फबाट ५ जना र रोजगारदाताहरूको तर्फबाट ५ जना सदस्यमा मनोनीत भएका छन्।

    जसमा रोजगारदाताहरू र ट्रेड युनियन महासंघबाट समेत सदस्य हुने व्यवस्था छ। ट्रेड युनियनको तर्फबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुमार कुँवर, नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत बहादुर सिम्खडा, महिला समिति (एएनटीयू) का संयोजक बिष्णु थापा मगर, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघकी महिला प्रमुख अनुमा कोइराला सदस्य रहेका छन्।

    त्यस्तै रोजगारदाताहरूको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद् सभापति ज्योत्सना श्रेष्ठ, नेपाल उद्योग परिसंघ सदस्य छाया शर्मा, नेपाल चेम्बर अफ कमर्स उपाध्यक्ष दिपक श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष उमेश प्रसाद सिंह, र होटेल संघ नेपालका अध्यक्ष विनायक शाह सदस्य मनोनीत भएका छन्।